togel

toto 4d

idn poker

togel slot

toto slot

slot88

News & Events || National Cooperative Federation of Nepal

News & Events

Image

शिक्षा तथा तालिम उपसमितिको भूमिका विषयक गोष्ठी सम्पन्न

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले सहकारीले शिक्षा तथा तालिमलाई स्थापनाकाल देखि नै महत्व दिएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघको शिक्षा तथा तालिम उपसमितिद्वारा सञ्चालन गरेको सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै कोपरेटिभ युनिर्भसिटी स्थापना गर्न महासंघ लागि परेको जानकारी दिनुभयो ।
आवश्यकतामा केन्द्रित भएर सहकारी अभियान अगाडि बढ्नु पर्ने बताउँदै उहाँले मानव स्रोत सबैभन्दा महत्वपूर्ण भएको र शिक्षा र सीपले नै मानव स्रोतलाई बलियो बनाउने बताउनुभयो महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रम सञ्चालन प्रकृयालाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्ने औंल्याउँदै सहभागी सहकारीकर्मीहरुले गोष्ठीबाट सिकेको शिक्षा र सीपलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।
सञ्चालक तथा महासंघको शिक्षा तथा तालिम उपसमितिका संयोजक माधव दुलालले सहकारी अभियानले प्रथम चरण पार गरिसकेकाले अब गुणात्मक विकासमा लाग्नु पर्ने बेला आएको बताउँदै सहकारीको गुणस्तर सहकारीकर्मीहरुले नै निर्धारण गर्नु पर्ने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारीमा शिक्षा र तालिमको महत्वमाथि प्रकाश पार्दै आधुनिक उच्च प्रविधिको विषयमा समेत सहकारीकर्मीहरु जानकार हुनुपर्ने औल्याउँदै तालिम र प्रशिक्षणलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न नेफ्स्कूनले काभ्रेमा २० रोपनी जमीनमा तालिम र प्रशिक्षण भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष बडालको अध्यक्षतामा सञ्चालन भएको सो गोष्ठीमा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनालको समेत उपस्थिति थियो । सो गोष्ठीमा विषयगत सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, जिल्लास्तरीय संघं तथा सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सञ्चालन गर्नु भएको सो गोष्ठीमा सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले “सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

share this post: